लालटिन, अत्याधुनिक चीनको चर
annapurnapost.com · Sat Aug 01 07:09:00 GMT 2026

कठिन यात्राका क्रममा उनीहरूको साथी थियो लालटिन। रातभर सयौं किलोमिटरको यात्रा छिचोल्नदेखि शीर्ष नेताको साथी त्यही लालटिन थियो।
वैभवशाली चीन देखेर जोकोही चकित पर्छ। गगनचुम्बी महलसहितका सहरदेखि कुनाकन्दरासम्म फराकिला सडकदेखि तीव्र गतिका रेलमार्ग चीनका लागि सामान्य भइसके। विशाल नदीमाथि अग्लाअग्ला पुलले अचम्मित बनाउँछन्। चीन एक्लै अन्तरिक्षको नम्बर १ खेलाडी हुँदैछ। चीन विकासको चरम बिन्दुमा छ। चिनियाँहरू धनले मात्रै सम्पन्न होइन, शिक्षा, स्वास्थ्य र चेतनामा पनि अब्बल छन्। जहाँ करिब डेढ अर्ब जनसंख्या गरिबीबाट मुक्त भइसकेको छ। हावा, पानी, सौर्य र परमाणुसहितको बिजुलीले उज्यालिएको छ, पूरै देश। कुनै बेला गरिबीका कारण कन्दमुलले पेट भर्ने चिनियाँ अहिले संसारलाई पाल्दैछन्।
Read full story at source (annapurnapost.com)