आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन
rajdhanidaily.com · Mon Jun 29 05:53:37 GMT 2026

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन र माछापालनलाई आम्दानीको भरपर्दो स्रोत बनाएका छन् । सिद्धनाथ माध्यमिक विद्यालय बेलडाँडीमा लेखापालका रूपमा कार्यरत चौधरीले जागिरसँगै व्यावसायिक पशुपालन र मत्स्यपालन गर्दै वार्षिक रु सात लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।
पाँच वर्षअघि करिब १० लाख रुपैयाँ लगानी गरी बंगुरपालन सुरु गरेका चौधरीले यस वर्ष मात्रै ६० वटा बंगुरका पाठापाठी बिक्री गरेका छन् । प्रति पाठापाठी पाँच हजार रुपैयाँका दरले बिक्री हुँदा करिब रु तीन लाख आम्दानी भएको उनले बताए । “यस वर्ष ६० वटा पाठापाठी बिक्री गरेका छौँ,” उनले भने, “तीन वटा माउ बंगुर पनि रु एक लाखभन्दा बढीमा बिक्री भएका छन् ।”
Read full story at source (rajdhanidaily.com)