‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
nepalnews.com · Sat Aug 01 08:14:39 GMT 2026

काठमाडौँ। बिल्ड नेपाल ह्याकाथन’ आजदेखि काठमाडौँमा सुरु भएको छ। ‘बिल्ड टुडे, ट्रान्सफर्म टुमोरो’ नारासहित आयोजना गरिएको दुईदिने ह्याकाथन आज र भोलि चल्नेछ।
युवाको नेतृत्वमा डिजिटल नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको ह्याकाथनमा २१ वटा बहुविषयगत टोलीमा विभाजित ६० भन्दा बढी युवा सहभागी हुँदै छन्। १६ देखि २४ वर्ष उमेर समूहका युवालाई लक्षित गरिएको कार्यक्रममा सहभागी टोलीले कृत्रिम बौद्धिकता (एआई), इन्टरनेट अफ थिङ्स (आईओटी), रोबोटिक्स तथा क्लाउड प्रविधिको प्रयोग गरी नेपालका वास्तविक समस्या समाधानमा केन्द्रित कार्यात्मक नमुना (प्रोटोटाइप) तयार गर्नेछन्।
Read full story at source (nepalnews.com)