‘दुर्गममा खाद्य आपूर्ति र अधिकारको सुरक्षा गर्दै सरकारी कम्पनी’
nagariknews.nagariknetwork.com · Sat Aug 01 08:03:20 GMT 2026

दार्चुलाको नौगाड गाउँपालिका-१ नागुका बासिन्दाले गत फागुन २१ को निर्वाचन बहिष्कार गर्ने घोषणा गरे। स्थानीयका विविध मागमध्ये खाद्यान्नको नियमति आपूर्तिको विषय पनि एक थियो। त्यसपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले तत्काल खाद्यान्न आपूर्तिका लागि पहल गर्यो। निजी ढुवानीकर्तालाई आह्वान गरियो तर कठिन भूगोलका कारण कोही सम्पर्कमा आएनन्।
“खाद्यान्न मात्रै होइन सडक, पूर्वाधार लगायत माग राखेर उहाँहरू विरोधमा हुनुहुन्थ्यो। हामीले वैकल्पिक व्यवस्थाबारे छलफल गर्ने बेलासम्म चुनाव आइसकेको थियो। स्थानीयले मत हालेनन् भन्ने सुन्यौँ”, कम्पनीका सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख दीपक थापाले भने, “निजी क्षेत्र नपुगेपछि हामीले खाद्यान्नको माग पूरा गर्न वैकल्पिक व्यवस्था गरेर गत असारमा करिब दुई हजार क्विन्टल चामल नागुमा पुर्याइसकेका छौँ। अब फेरि समस्या नआउने गरी आपूर्तिको व्यवस्था मिलाउँछौँ।”
Read full story at source (nagariknews.nagariknetwork.com)