फरक रेस्टुराँ, एकनासे स्वाद
nepalnews.com · Sat Aug 01 08:15:02 GMT 2026

ललितपुर, कुपन्डोलको एउटा शान्त रेस्टुराँमा खाजा खान निम्तो दिएको थियो शिवुले। लामो न लामो मेनु हेरेर खाना छनोट गर्न केही समय लाग्यो। अन्ततः केही खानेकुरा मगाएर भलाकुसारीसँगै खानाको प्रतीक्षा गर्न थालियो।
हामीले शिवु भन्ने शिव आचार्य सन् २०२४ देखि कम्बोडियास्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालय (ओएचसीएचआर)मा अपांगता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी सल्लाहकारका रूपमा काम गरेर फर्किएको हो। ‘अहिले ब्रेकमा छु दाइ। धेरै वर्ष भयो एकपल्ट खाजा खान भेटौँ न,’ शिवुले फोनमा भनेको थियो। त्यसपछि दिन, समय र ठाउँ तोकेर भेला भइयो।
Read full story at source (nepalnews.com)