ग्यास लुकाउने व्यापारीलाई जेल हाल्ने चेतावनी: बजारमा ग्यास नपाए तत्काल निगमको हटलाइनमा सम्पर्क गर्न आग्रह!
barnanmedia.com · Sat Aug 01 08:10:33 GMT 2026

काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्याँस नपाएको खण्डमा तत्काल निगमको हटलाइन नम्बरमा सम्पर्क गर्न उपभोक्ताहरूसँग आग्रह गरेको छ । बजारमा ग्याँसको अभाव रहेको भन्दै गुनासो आउन थालेपछि निगमले विज्ञप्ति जारी गर्दै कार्यालय समयभित्र हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गरी जानकारी दिन अनुरोध गरेको हो ।
निगमले बजारमा एलपी ग्याँसको आयात र बिक्री वितरण नियमित भइरहेको स्पष्ट पारेको छ । तर, उपभोक्ताले सहज रूपमा ग्याँस नपाएको अवस्थामा निगमको हटलाइनमा खबर गरेर सहजीकरण गर्न सकिने जनाइएको छ ।
Read full story at source (barnanmedia.com)