सरकारसँग गरिएको ५ बुँदे सम्झौता अस्वीकार, लघुवित्त पीडितद्वारा आन्दोलन जारी राख्ने घोषणा
ratopati.com · Sat Aug 01 08:39:27 GMT 2026

काठमाडौँ । नेपाल सरकार र मनिराम ज्ञवाली नेतृत्वको ‘लघुवित्त तथा वित्तीय शोषण विरुद्ध संघर्ष समिति’ बिच भएको ५ बुँदे सम्झौतालाई लघुवित्त पीडितहरूले धोका र पीडित विरोधी भएको आरोप लगाएका छन्।
‘लघुवित्त तथा वित्तीय शोषण विरुद्ध किसान–मजदुर आन्दोलन, नेपाल’ ले राजधानीको संवाद डबलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सम्झौताप्रति तीव्र असन्तुष्टि जनाइएको छ। कार्यक्रममा बोल्दै आन्दोलनका अध्यक्ष रमेश सेन्चुरीले ५ वर्षदेखि निरन्तर संघर्षरत पीडितहरूलाई झुक्क्याएर ज्ञवालीले सरकारसँग सम्झौता गरेको बताए।
Read full story at source (ratopati.com)