किन एकाएक छिरे स्पेनमा ६० हजार आप्रवासी ? कहाँ पर्छन् स्पेनका सेउता र मेलिल्ला ?
ratopati.com · Sat Aug 01 09:00:00 GMT 2026

अनुमानित ५० हजारदेखि ६० हजार आप्रवासी दुई दिनको अवधिमा मोरक्कोबाट स्पेनको उत्तर अफ्रिकी भू–भागमा रहेको सेउता प्रवेश गरेका छन् । यो पछिल्ला वर्षहरूमा भएका सबैभन्दा ठुलो सामूहिक सीमा पारमध्येको एक हो । यद्यपि स्पेनी अधिकारीहरूका अनुसार शुक्रबारसम्म ४८ हजार ३०० भन्दा बढी आप्रवासी मोरक्को फर्किसकेका छन् । उनीहरूमध्ये धेरैले खाना, पानी र आश्रयको अभावका कारण फर्किएको बताएका छन् । सीमा पार गर्ने क्रममा कम्तीमा ६० जनाको मृत्यु भएको छ ।
यस घटनाले आप्रवासन र सीमा सुरक्षाका विषयमा युरोपभर राजनीतिक बहससमेत चर्काएको छ । आखिर अचानक किन छिरे त यत्तिका आप्रवासी ? को हुन् तिनीहरू ? अनि एकाएक किन फर्किए मोरक्को तिरै ?
Read full story at source (ratopati.com)