मधेशमा ९१ दशमलव ५५ प्रतिशत रोपाइँ
lokaantar.com

मधेश प्रदेशमा रोपाइँ अन्तिम चरणमा पुगेको छ । मधेश प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म मधेश प्रदेशभर तीन लाख ५० हजार ११८ दशमलव ८८ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । जुन कुल रोपाइँयोग्य क्षेत्रफलको ९१ दशमलव ५५ प्रतिशत हो ।
मधेश प्रदेशका आठ जिल्लामध्ये सिरहामा सबैभन्दा बढी १०० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । सिरहामा ५४ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने भएकामा सोही क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको मधेश प्रदेश कृषि विकास निर्देशनालयका बागवानी अधिकृत किरण विश्वकर्माले जानकारी दिए ।
Read full story at source (lokaantar.com)