नेलम्बोद्वारा पाँच लाख ५५ हजार सहयोग
ratopati.com · Sun Aug 30 19:31:20 GMT 2026

कास्की । पोखरामा रहेर शिक्षा, स्वास्थ्य र वातावरणका क्षेत्रमा क्रियाशील सामाजिक संस्था नेलम्बो नेपालले भोटेकोशी बाढी प्रभावितका लागि रु पाँच लाख ५५ हजार ५५५ सहयोग गरेको छ ।
विनासकारी बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम जम्मा गरेको नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले जानकारी दिए ।
Read full story at source (ratopati.com)