हिन्दु सम्राट सेनासहितका आन्दोलनकारीसँग गृहमन्त्रीको वार्ता जारी
baahrakhari.com · Sat Aug 01 09:12:00 GMT 2026

काठमाडौं । तराईका विभिन्न जिल्लामा उत्पन्न तनावपूर्ण स्थितिलाई सामान्यीकरण गर्न गृहमन्त्री सुधन गुरुङले शनिबार (साउन १६) धनुषाको जनकपुरमा आन्दोलनरत पक्षसँग वार्ता सुरु गरेका छन् । गृहमन्त्री गुरुङले हिन्दु सम्राट सेनालगायत आन्दोलनकारी समूहका प्रतिनिधिसँग छलफल अगाडि बढाएका हुन् ।
यही साउन १० गते सुनसरीको कप्तानगन्जमा दुई समुदायबीच भएको झडपमा परी दुई युवकको मृत्यु भएपछि तराईका जिल्लामा प्रदर्शन र आन्दोलन चर्किएको थियो । सोहीक्रममा सिरहामा दुई समुदायबीचको विवादले उग्ररूप लिँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर थप एकजनाको ज्यान गएको थियो ।
Read full story at source (baahrakhari.com)