नेपाली कांग्रेसद्वारा विपद् व्यवस्थापन पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण सुरु
ratopati.com · Sat Aug 01 09:17:25 GMT 2026

ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विपद् व्यवस्थापनका लागि पूर्वतयारी र प्रतिकार्यमा केन्द्रित रहेर प्रशिक्षण कार्यक्रम सुरु गरेको छ। विभिन्न समयमा नेपालले भोग्नुपरेका विपद्का घटना समेटिएका दृश्यको कोलाज प्रदर्शनको बटन थिचेर पार्टी सभापति गगनकुमार थापाले कार्यक्रम उद्घाटन गरेका हुन्।
कार्यक्रम उद्घाटन गर्दै सभापति थापाले विपद्का बेला भावनाले मात्र काम नगर्ने हुँदा सीप र क्षमता विकास गरेर सहयोग पुर्याउन पार्टीले यस्तो प्रशिक्षण सुरु गरेको बताए। राजनीतिक नेतृत्वमा करुणा सबैभन्दा ठुलो गुण हुने उल्लेख गर्दै ज्ञानमा आधारित जनशक्तिले मात्र परिआउँदा सहयोग पुर्याउन सक्ने उनको भनाइ छ। सभापति थापाले प्रशिक्षणका सहभागीलाई कांग्रेसको नयाँ अभियान ‘एनसी फोर एनसी’ मा यही विषयमा केन्द्रित रहेर सेवा भावका साथ काम गर्न आग्रह पनि गरे।
Read full story at source (ratopati.com)