सामाजिक सद्भाव भाँड्न खोजेको आरोपमा पर्साबाट चारजना पक्राउ
baahrakhari.com · Sat Aug 01 09:33:12 GMT 2026

काठमाडौं । सामाजिक सद्भाव खलबल्याएको आरोपमा पर्साबाट चारजना पक्राउ परेका छन् । वीरगन्ज महानगरपालिका–११, रानीघाटबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी राजु कार्कीले जानकारी दिए ।
उनीहरूले नगरक्षेत्रमा टायर बालेर सामाजिक सद्भाव बिथोल्ने प्रयास गरेका थिए । प्रहरीले साम्प्रदायिक सद्भाव बिग्रने गतिविधिमा संलग्न नहुन सम्बद्ध सबैमा आग्रह गरेको छ । त्यसो गरेमा कडा कारबाही हुने चेतावनी पनि दिएको छ ।
Read full story at source (baahrakhari.com)