विपद्का बेला भावनाले मात्र काम गर्ने होइन, सीप र क्षमता चाहिन्छ : गगन थापा
lokaantar.com

नेपाली कांग्रेसका सभापति गगन थापाले विपद्का बेला भावनाले मात्र काम नगर्ने हुँदा सीप र क्षमता विकास गरेर सहयोग गर्न पार्टीपंक्तिलाई आह्वान गरेका छन् ।
कांग्रेसले विपद् व्यवस्थापनका लागि पूर्वतयारी र प्रतिकार्यमा केन्द्रित रहेर केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्रशिक्षण कार्यक्रममा उनले राजनीतिक नेतृत्वमा करुणा सबैभन्दा ठूलो गुण हुने बताए । 'ज्ञानमा आधारित जनशक्तिले मात्र परी आउँदा सहयोग पुर्याउन सक्ने हुन्छ,' उनले भने, 'सहभागीहरूलाई कांग्रेसको नयाँ अभियानमा यही विषयमा केन्द्रित रहेर सेवा भावका साथ काम गर्न आह्वान गर्छु ।'
Read full story at source (lokaantar.com)