झापामा हेरोइन र प्रतिबन्धित औषधिसहित दुई जना भारतीय पक्राउ
onlinekhabar.com · Sat Aug 01 10:11:00 GMT 2026

१६ साउन, काठमाडौं । झापामा खैरो हेरोइन र प्रतिबन्धित औषधिसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । झापाको कन्काई नगरपालिका–२ स्थित एस फुल सेकुवा कर्नरबाट लागुऔषध नियन्त्रण ब्युरो काँकडभित्ता र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको टोलीले ती दुई जना पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य, अररिया जिल्लाका २८ वर्षीय महमद एहवाल र सोही ठाउँका २७ वर्षीय अझर अन्सारी रहेको प्रहरीले जनाएको छ ।
Read full story at source (onlinekhabar.com)