खजुरा क्यान्सर अस्पतालका ४४ उcपकरण मर्मत
barnanmedia.com · Sat Aug 01 10:31:45 GMT 2026

बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा लामो समयदेखि बिग्रिएर थन्किएका ४४ वटा विभिन्न उपकरणको मर्मत गरिएको छ । राष्ट्रिय आविष्कार केन्द्रका प्राविधिकले एक साताको अवधिमा ती उपकरण मर्मत गरेको अस्पताल प्रशासनले जनाएको छ ।
क्यान्सर अस्पतालका निर्देशक डा नीरज भट्टराईले मर्मत भएका उपकरण प्रयोगमा ल्याइएको जानकारी दिँदै केही उपकरण मर्मतका लागि सुझाव दिएकाले प्राविधिक टोलीले लिएर गएका बताउनुभयो । “मर्मत भएका सबै उपकरण प्रयोगमा आएपछि बिरामीलाई सहज वातावरण निर्माण भएको छ”, उहाँले भन्नुभयो ।
Read full story at source (barnanmedia.com)