विश्वलाई चकित पार्ने साहसी आरोही निर्मल पुर्जा, जो ब्रोड पिकमा अस्ताए
ratopati.com · Sat Aug 01 11:04:30 GMT 2026
काठमाडौँ । साहसिक पर्वतारोहणको क्षेत्रमा ‘नथिङ इज इम्पोसिबल’ भन्ने नारालाई विश्वभर स्थापित गरेका विश्वविख्यात आरोही निर्मल पुर्जा ‘निम्स दाइ’ को पाकिस्तानको ब्रोड पिक हिमालमा आएको हिमपहिरोमा परी निधन भएको छ। उनी संस्थापक रहेको आरोहण कम्पनी ‘इलाइट एक्सपेड’ ले शनिबार यसको आधिकारिक पुष्टि गरेसँगै सिङ्गो पर्वतारोहण जगत स्तब्ध बनेको छ।
गत बिहीबार ८,०४७ मिटर अग्लो ब्रोड पिकमा आएको भीषण हिमपहिरोमा पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय टोली परेको थियो। सोही दुर्घटनामा पुर्जाका भरपर्दा सहयात्री एवं गाइडहरू पुर बहादुर गुरुङ (युक्ता) र निमा शेर्पाको पनि निधन भएको छ।
Read full story at source (ratopati.com)