गृहमन्त्री र आन्दोलनकारीबीच वार्ता
nepalnews.com · Sat Aug 01 11:18:44 GMT 2026

जनकपुर। गृहमन्त्री सुधन गुरुङ र आन्दोलनकारी हिन्दुवादी मोर्चाबीचमा भएको वार्तामा पहिलो चरणमा सहमति हुन सकेको छैन।
जिल्ला प्रशासन कार्यालय धनुषामा बसेको गृहमन्त्रीसहित मोर्चाका सहभागीहरूले आफ्नो मागपत्र गृहमन्त्री गुरुङसमक्ष राखेका छन्। उनीहरूले नेपाललाई हिन्दू राष्ट्र हुनुपर्ने सरकारले गरेका दमनको छानबिन गर्नुपर्नेलगायत माग राखेका छन्। वार्तामा सबै पक्षले आ-आफ्ना कुरा राखेको र फेरि एक घण्टापछि बस्ने गरी सहमति भएको छ।
Read full story at source (nepalnews.com)