ब्रोड पिक हिमपहिरोमा परेर पुर्जासहित ६ नेपालीको मृत्यु
ratopati.com · Sat Aug 01 11:26:38 GMT 2026

काठमाडौँ । पाकिस्तानको ब्रोड पिक हिमालमा आएको हिमपहिरोमा परी साहासी आरोही निर्मल पुर्जा ‘निम्स दाइ’ सहित ६ जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुने ६ नेपालीमा पुर्जासहित पुरबहादुर गुरुङ, निमा शेर्पा,किली पेम्बा शेर्पा,ग्यालु शेर्पा र नवाङ थिन्दु शेर्पा रहेका छन् ।
आरोहण दलका १० मध्ये अन्य ४ जना विदेशी थिए । बिहीबारदेखि हराइरहेका आरोहीको मृत्युबारेको पुष्टि शनिबार भएको हो ।
Read full story at source (ratopati.com)