सामाजिक सद्भाव बिथोल्ने ३९ जना पक्राउ
rajdhanidaily.com · Sat Aug 01 11:28:23 GMT 2026

काठमाडौं । प्रहरीले तराईका विभिन्न ६ जिल्लामा सामाजिक सद्भाव बिथोलेको आरोपमा हिजो शुक्रबार र आज शनिबार ३९ जनालाई पक्राउ गरेको छ । हिजो शुक्रबार पक्राउ परेका ती व्यक्ति अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले जानकारी दिएका छन ।
उनीहरूले सामाजिक सद्भाव बिथोल्ने गतिविधि गरेको उनले जानकारी दिएका छन । शुक्रबार सबैभन्दा बढी धनुषामा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयको हिरासतमा २१ जनालाई राखिएको छ ।
Read full story at source (rajdhanidaily.com)