क्रेडिट कार्ड प्रयोगकर्तालाई चेतावनी: ‘मिनिमम ड्यु’ महँगो गल्ती बन्न सक्छ
aarthiknews.com

काठमाडौं । पछिल्लो समय क्रेडिट कार्डमार्फत किनमेल, बिल भुक्तानी तथा अन्य कारोबार गर्नेको संख्या बढ्दै गएको छ। तर, बैंकले उपलब्ध गराउने ‘मिनिमम ड्यु’ मात्र तिर्ने बानीले उपभोक्तालाई दीर्घकालीन ऋणको जालमा फसाउने र क्रेडिट स्कोरमा नकारात्मक असर पार्ने वित्तीय विज्ञहरूले बताएका छन्।
बैंकहरूले क्रेडिट कार्डको मासिक बिलमा सम्पूर्ण रकम तिर्ने वा न्यूनतम बक्यौता (मिनिमम ड्यु) तिर्ने विकल्प दिने गर्छन्। यो न्यूनतम रकम सामान्यतया कुल बक्यौताको करिब ५ प्रतिशत हुन्छ। धेरै ग्राहकले यही रकम तिरेपछि दायित्व पूरा भएको ठान्ने गरे पनि बाँकी रकम भने ऋणकै रूपमा कायम रहन्छ।
Read full story at source (aarthiknews.com)