पेरुका पूर्वराष्ट्रपति ओलान्ता हुमाला रिहा
ratopati.com · Sat Aug 01 12:12:18 GMT 2026

काठमाडौँ । पेरुका पूर्वराष्ट्रपति ओलान्ता हुमाला जेलबाट रिहा भएका छन् । ब्राजिलको निर्माण कम्पनी ओडेब्रेख्तसँग जोडिएको अन्तर्राष्ट्रिय भ्रष्टाचार प्रकरणमा उनलाई सुनाइएको १५ वर्षको जेल सजाय पेरुको संवैधानिक अदालतले उल्टाइदिएपछि उनी रिहा भएका हुन् ।
हुमालाले राजधानी लिमाको पूर्वी क्षेत्रमा रहेको विशेष कारागारमा सजाय भोगिरहेका थिए । उक्त कारागारमा पेरुका जेलमा रहेका केही पूर्वराष्ट्रपतिहरूलाई पनि राखिएको छ ।
Read full story at source (ratopati.com)