गोर्खा खुकुरी मार्सल आर्ट्सको सेमिनार सम्पन्न
neplays.com · Sat Aug 01 12:30:00 GMT 2026
काठमाडौं। नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्ससंघको आयोजनामा राष्ट्रिय सेमिनार टोखा नगरपालिका–५ स्थित निर्मल वाटिका फुटसलमा शनिबार सम्पन्न भएको छ।
सेमिनारमा संघअन्तर्गतका विभिन्न शाखाबाट करिब २५० जना खेलाडी र प्रशिक्षकको सहभागिता रहेको थियो। सेमिनारको मुख्य उद्देश्य गोर्खा खुकुरी मार्सल आर्ट्सका नियम, अनुशासन, प्रशिक्षण प्रणाली तथा प्राविधिक पक्षमा एकरूपता कायम गर्नुका साथै आगामी भदौ महिनामा आयोजना हुने राष्ट्रिय च्याम्पियनसिपको प्रभावकारी तयारीका लागि शाखा, प्रशिक्षक र खेलाडीहरूलाई आवश्यक प्रशिक्षण, जानकारी तथा सचेतना प्रदान गर्नु रहेको संघले जनाएको छ।
Read full story at source (neplays.com)