गृहमन्त्री सुदन र हिन्दूवादी संगठनबीच पहिलो चरणको वार्ता सम्पन्न
arthadabali.com · Sat Aug 01 12:42:27 GMT 2026

जनकपुर / गृहमन्त्री सुदन गुरुङ र धनुषाका विभिन्न हिन्दूवादी संघ संस्थाहरुका प्रतिनिधिबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ ।
शनिबार जनकपुरधाममा करीब ३ घण्टा वार्ता भएपछि अहिले १ घण्टाको लागि ब्रेक लिइएको छ । गृहमन्त्री सुदन गुरुङसहित, रास्वपाका सांसद, जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साह, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलसहित एसपी, डिएसपी, डिआईजी लगायका सुरक्षा निकायका पदाधिकारीसहितको टोलीहरु पनि वार्तामा सहभागी रहेका छन् ।
Read full story at source (arthadabali.com)