सिरोहिया पक्राउ शक्तिको दुरुपयोग र प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रहार : महतो
ekantipur.com · Tue May 21 17:14:30 UTC 2024

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई राज्यशक्तिको दुरुपयोग गरेर पक्राउ गरिएको पूर्वमन्त्री राजेन्द्र महतोले बताएका छन् । राष्ट्रिय मुक्ति क्रान्तिका तर्फबाट विज्ञप्ति जारी गर्दै महतोले कान्तिपुर दैनिकले गरिरहेको समाचार सम्प्रेषणमाथि राज्यले गैरजिम्मेवार व्यवहार देखाएको उल्लेख गरेका छन् ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई प्रहरीले कान्तिपुर दैनिकको कार्यालयबाट मंगलबार साँझ पक्राउ गरिएको थियो । उक्त पक्राउको विरोधमा राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक महतोले विज्ञप्ति जारी गर्दै बिनाशर्त रिहाइ गर्न पनि माग गरेका छन् ।
Read full story at source (ekantipur.com)