१४ अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए
ratopati.com · Sat Aug 01 13:11:31 GMT 2026

इरान पुग्ने प्रयास गर्दै गरेका १४ अफगान आप्रवासीको शव दक्षिण–पश्चिमी अफगानिस्तानको तातो मरुभूमिमा फेला परेका अधिकारीहरूले शनिबार बताएका छन् । उनीहरूको सवारी साधन बिग्रिएपछि हप्तौँअघि उनीहरू पैदल हिँडेका थिए ।
सवारी साधनका चालक निम्रोज प्रान्तको एउटा गाउँमा तिर्खा र थकानले लरबराउँदैसहयोग माग्न पुगेपछि अधिकारीहरूले समूहको खोजी गरिरहेका थिए । खोजीपछि पाँच शव ततकाल फेला परेका थिए भने पैदल यात्रा जारी राखेका बाँकी १४ जनाको खोजी सुरु गरिएको थियो । निम्रोज अफगानिस्तानका सबैभन्दा तातो र सुख्खा प्रान्तहरू मध्ये एक हो। यो समय यहाँको तापक्रम करिब ४५ डिग्री सेल्सियससम्म पुग्छ ।
Read full story at source (ratopati.com)