गृहमन्त्री सुधन र हिन्दुवादी संगठनबीच पहिलो चरणको वार्ता सकियो
nepalviews.com · Sat Aug 01 13:22:23 GMT 2026

जनकपुर । गृहमन्त्री सुधन गुरुङ र धनुषाका विभिन्न हिन्दुवादी संघ संस्थाहरूका प्रतिनिधिबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ ।
शनिबार जनकपुरधाममा करीब ३ घण्टा वार्ता भएपछि अहिले १ घण्टाको लागि ब्रेक लिइएको छ । गृहमन्त्री सुधन गुरुङसहित, रास्वपाका सांसद, जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साह, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, डीआईजी, एसपी, डीएसपीलगायका सुरक्षा निकायका पदाधिकारीसहितको टोलीहरू पनि वार्तामा सहभागी रहेका छन् ।
Read full story at source (nepalviews.com)