थ्रीजी सेवा बन्द गर्दै एनसेल, यसरी भोल्टे प्रयोग गरी लिन सकिन्छ फोरजीकै सेवा
ictsamachar.com

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेलले आफ्नो सेवालाई अत्याधुनिक प्रविधिमा स्तरउन्नति गर्ने योजना अनुसार देशका विभिन्न ५ प्रदेशका १३ जिल्लाका विभिन्न स्थानीय तहमा थ्रीजी सेवा बन्द गर्ने भएको छ । एनसेलले आगामी असार २२ गतेदेखि कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका जिल्लाहरुका स्थानीय तहमा थ्रीजी सेवा बन्द गर्न लागिएको जानकारी दिएको हो ।
एनसेलका अनुसार नयाँ प्रविधिलाई अबलम्बन गर्दै सेवाको गुणस्तर सुधार्ने उद्देश्यले फोरजी चलाउन ग्राहकहरुलाई आग्रह गरिएको छ । थ्रीजी सेवा बन्द भएपनि ग्राहकहरूले भोल्टे प्रयोग गरेर ४जीकै सेवा लिन सक्ने छन् । ग्राहकले उही शुल्कमा अझ राम्रो र गुणस्तरीय भोइस तथा डाटा सेवा लिन सक्नेछन् ।
Read full story at source (ictsamachar.com)