पेचिलो बन्दै, कांग्रेसको क्रियाशील सदस्यता, देउवा पक्ष रुष्ट ।
bishowkhabar.com · Mon Jun 29 06:38:48 GMT 2026
काठमाडौं: नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनको तयारीसँगै क्रियाशील सदस्यता अद्यावधिकको विषय विवादको केन्द्रमा पुगेको छ। पार्टी सभापति गगन थापाले असार ९ गते झापामा आयोजित कार्यक्रममा क्रियाशील सदस्यता नवीकरण नगर्ने व्यक्तिलाई पार्टी सदस्यका रूपमा नचिनिने बताएका थिए। उनको उक्त अभिव्यक्तिपछि विशेषगरी पूर्वसभापति शेरबहादुर देउवा र वरिष्ठ नेता डा. शेखर कोइराला पक्षले असन्तुष्टि जनाएको छ।
पार्टीको १४औँ महाधिवेशनमा ८ लाख ६६ हजार २०२ क्रियाशील सदस्य रहेकामा पछिल्लो डिजिटल अद्यावधिकका लागि ७ लाख ८२ हजार २०९ सदस्य योग्य रहेको कांग्रेसले जनाएको छ। तीमध्ये हालसम्म ६ लाख ८७ हजार ९३१ सदस्यको विवरण डिजिटल प्रणालीमा समावेश गरिएको छ भने करिब १ लाख ७८ हजार सदस्यको अद्यावधिक अझै हुन बाँकी छ। तीमध्ये धेरै सदस्य देउवा र कोइराला निकट जिल्लाका रहेको बताइएको छ। क्रियाशील सदस्यता व्यवस्थापन केन्द्रीय समितिका अनुसार ५ लाख ३८ हजार ६२२ सदस्यले वडा तहबाट अद्यावधिक पूरा गरिसकेका छन्। साथै, वडा बाहिर रहेका १ लाख ४९ हजार ३०९ सदस्यले स्वयं अद्यावधिकका लागि आवेदन दिएका छन्।
Read full story at source (bishowkhabar.com)