विर्तामोड युनाइटेड च्याम्पियन
nepalnews.com · Sat Aug 01 14:45:46 GMT 2026
मेचीनगर। प्रथम दीपज्योति काँकरभिट्टा च्यालेन्ज कप २०८३ को उपाधि विर्तामोड युनाइटेड झापाले जितेको छ। योसंगै उसले नगद १ लाख १ हजार १ सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। यता उपविजेता बनेको एपीएफ पकलीले ५० हजार ५ सय ५० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो।
शनिबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा एपीएफ पकली लाई १-० गोल अन्तरले पराजित गर्दै विर्तामोड युनाइटेडले काँकरभिट्टा च्यालेन्ज कप उठाएको हो।
Read full story at source (nepalnews.com)