करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा, नगद खरिदका बिल दर्ता गर्न विभागको आग्रह
aarthiknews.com

काठमाडौं। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन उपभोक्तालाई आह्वान गरेको छ। विभागले नगद कारोबारमार्फत खरिद गरिएका वस्तु तथा सेवाको सक्कल बिल दर्ता गराउन आग्रह गरेको हो।
विभागले शनिबारदेखि प्राइज डट आईआरडी डट जीओभी डट एनपी (prize.ird.gov.np) नामक करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा ल्याएको जनाएको छ। पोर्टलमार्फत योग्य उपभोक्ताले आफ्नो बिल अपलोड गरी उपहार कार्यक्रममा सहभागी हुन सक्नेछन्।
Read full story at source (aarthiknews.com)