सुनचाँदी व्यवसायी महासङ्घको साधारण सभा, व्यावसायिक ऐन तत्काल ल्याउन माग
nepalpress.com · Sat Aug 01 14:57:23 GMT 2026

रुपन्देही । सुनचाँदी व्यवसायलाई संरक्षण र व्यवस्थित गराउन सुनचाँदी व्यवसाय ऐन तत्काल ल्याउन व्यवसायीहरूले सरकारसँग माग गरेका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घको १३ औ र १४ औँ वार्षिक साधारण सभाको शनिबार बुटवलमा भएको उद्घाटन समारोहमा बोल्दै व्यवसायीहरूले सो माग गरेका हुन् । सय अर्बभन्दा बढी लगानी रहेको सुनचाँदी व्यवसायीको संरक्षणका लागि कानुनी सुरक्षाका लागि छुट्टै ऐनको आवश्यकतामा उनीहरूले जोड दिएका थिए ।
Read full story at source (nepalpress.com)