मध्यपूर्वमा युद्ध अन्त्य गर्न संयुक्त राष्ट्रसङ्घको आह्वान
nepalnews.com · Sat Aug 01 15:15:06 GMT 2026
एजेन्सी। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी युद्ध तत्काल अन्त्य गरी कूटनीतिक माध्यमबाट दिगो शान्ति स्थापना गर्न सम्बन्धित सबै पक्षसँग आह्वान गरेका छन् ।
गुटेरेसले मध्यपूर्वका सबै द्वन्द्वग्रस्त क्षेत्रमा हिंसा रोक्नुपर्ने, क्षेत्रीय स्थायित्व कायम गर्नुपर्ने तथा होर्मुज र बाब अल–मन्डब जलमार्गमा अन्तर्राष्ट्रिय आवागमनको अधिकार र स्वतन्त्रता पूर्ण रूपमा पुनःस्थापित गरिनुपर्ने बताए। उनले क्षेत्रीय संकट समाधानको एकमात्र प्रभावकारी उपाय कूटनीतिक संवाद रहेको उल्लेख गरे।
Read full story at source (nepalnews.com)