जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारी
shilapatra.com · Sat Aug 01 15:33:00 GMT 2026

मधेश प्रदेशका विभिन्न जिल्लामा पछिल्ला केही दिनदेखि उत्पन्न तनावपूर्ण अवस्थालाई सामान्य बनाउने उद्देश्यले गृहमन्त्री सुधन गुरुङ र आन्दोलनरत हिन्दुवादी संगठनका प्रतिनिधिबीच जनकपुरधाममा दोस्रो चरणको वार्ता जारी छ ।
पहिलो चरणको वार्तामा गृहमन्त्री गुरुङले आन्दोलनरत पक्षका प्रतिनिधिहरूसँग सीमित टोलीमा छलफल गरेका थिए । उक्त वार्ता निष्कर्षमा पुग्न नसकेपछि करिब तीन घण्टाको विश्राम गरिएको थियो । त्यसपछि शनिबार साँझ करिब ८ बजेदेखि दोस्रो चरणको वार्ता पुनः सुरु भएको हो ।
Read full story at source (shilapatra.com)