वायुसेवा निगममा सुशासनको सुरुवात, आम्दानी र यात्रु संख्यामा वृद्धि
annapurnapost.com · Sat Aug 01 15:39:04 GMT 2026

काठमाडौं : नेपाल वायुसेवा निगममा नयाँ नेतृत्व आएपछि सुरु भएको सुशासन र संस्थागत सुधार अभियानले छोटो समयमै सकारात्मक परिणाम दिन थालेको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता र व्यावसायिक दृष्टिकोणलाई प्राथमिकतामा राखिएसँगै निगमको आम्दानी, सिट उपयोगिता तथा सञ्चालन व्यवस्थापनमा उल्लेखनीय सुधार देखिएको हो।
गत जेठ ५ गते खुला प्रतिस्पर्धाबाट छनोट भएका पाँच जना स्वतन्त्र सञ्चालक तथा मन्त्रालयका दुई प्रतिनिधिसहित निगममा सात सदस्यीय सञ्चालक समिति गठन गरिएको थियो। त्यसपछि असार ३० गते मन्त्रिपरिषदको निर्णयबाट हवाई सेवा क्षेत्रका अनुभवी विज्ञ महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकको जिम्मेवारीसमेत रहने गरी कार्यकारी अध्यक्ष पदमा नियुक्त गरिएको हो।
Read full story at source (annapurnapost.com)