रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु
barnanmedia.com · Sat Aug 01 15:53:10 GMT 2026

रुसले शनिबार बिहान युक्रेनको राजधानी किएभलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल र ड्रोनबाट गरेको भीषण आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।
किएभका मेयर भिताली क्लिट्स्कोका अनुसार सोलोमियान्स्की जिल्लामा मिसाइलका भग्नावशेष खस्दा पाँचतले आवासीय भवनमा क्षति पुगेको छ । भवनभित्र केही व्यक्ति फसेको आशङ्का गरिएको छ भने आँगनमा आगलागी भएको छ ।
Read full story at source (barnanmedia.com)