करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा
ratopati.com · Sat Aug 01 16:49:22 GMT 2026

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन उपभोक्ताहरूलाई आह्वान गरेको छ । विभागले शनिबार सूचना जारी गर्दै विभागले नगद कारोबार गरेका उपभोक्ताहरूलाई आफ्नो सक्कल बिल दर्ता गराउन आग्रह गरेको हो ।
विभागका उपमहानिर्देशक जनकराज शर्माका अनुसार साउन १ गते यता रु १०० भन्दा बढीको वस्तु वा सेवा नगदमा खरिद गरी सक्कल प्यान तथा भ्याट बिल लिएका उपभोक्ता करदाता प्रोत्साहन कार्यक्रममा सहभागी हुन पाउँछन् ।
Read full story at source (ratopati.com)