पोखरामा मनाइयो कोदो दिवस
ratopati.com · Sat Aug 01 17:07:58 GMT 2026

गण्डकी । दोस्रो राष्ट्रिय कोदो दिवस पोखरामा पनि मनाइएको छ । दिवसका अवसरमा पोखरा महानगरपालिका–२२ कोदीमा आयोजित कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले कोदो नेपालको मौलिक तथा रैथाने बाली भएकाले यसको संरक्षण, प्रवर्द्धन र खेती विस्तार गर्नुपर्नेमा जोड दिए ।
कोदो खेतीको प्रवर्द्धन र खेती विस्तारका लागि महानगरले किसानलाई प्रोत्साहन सहयोग गर्दै आएको उनले बताए । “कोदोको उत्पादन वृद्धि, बजारीकरण र मूल्य अभिवृद्धिमार्फत किसानको आय बढाउन महानगरपालिकाले आवश्यक सहयोग गर्दै आएको छ”, प्रमुख आचार्यले भने, “स्थानीय उत्पादनको उपयोग बढाउँदै खाद्य सुरक्षा तथा आत्मनिर्भर कृषितर्फ अघि बढ्नु जरुरी छ ।”
Read full story at source (ratopati.com)