बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौँबाट पक्राउ
ratopati.com · Sat Aug 01 17:37:30 GMT 2026

काठमाडौँ । विभिन्न जिल्ला तथा प्रहरी वृत्तहरूमा दर्ता भएका बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौँबाट पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले अन्जन भट्टलाई शुक्रबार काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका वडा नं. ७ बाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका भट्टलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय भरतपुर, चितवन पठाइएको छ ।
धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नं. ३ स्थायी घर भई हाल काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका वडा नं. ७ बस्ने भट्ट विरुद्ध ऋषिराम आचार्यले बैङ्किङ कसुरमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा बैङ्किङ कसुर मुद्दामा चितवन जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनी फरार रहँदै आएका थिए ।
Read full story at source (ratopati.com)