नेपाल इन्जिनियरिङ कलेजमा बागमती प्रदेश पर्यटन ह्याकाथन सम्पन्न
ajakoartha.com · Mon Jun 29 07:01:00 GMT 2026

काठमाडौं- नेपाल इन्जिनियरिङ कलेज (NEC) मा आयोजित बागमती प्रदेश पर्यटन ह्याकाथन २०८३ सफलतापूर्वक सम्पन्न भएको छ । बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको सहकार्यमा आयोजित प्रतियोगितामा २७ टोलीमध्ये शंकरदेव कलेजको ‘द इभिल्स’ टोली प्रथम भएको छ ।
बागमती प्रदेशको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनसँगै पर्यटकहरूको सुरक्षालाई प्रविधिमार्फत प्रभावकारी बनाउने उद्देश्यले आयोजित ह्याकाथनमा सहभागी टोलीहरूले पर्यटक सुरक्षासम्बन्धी नवीन र प्रविधिमैत्री मोबाइल एप तथा डिजिटल समाधान प्रस्तुत गरेका थिए ।
Read full story at source (ajakoartha.com)