मेसीको अर्को कीर्तिमान
annapurnapost.com · Mon Jun 29 06:57:37 GMT 2026
काठमाडौं : अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ मा अर्को ऐतिहासिक कीर्तिमान बनाएका छन्। आइतबार बिहान जोर्डनविरुद्धको समूह चरणको अन्तिम खेलमा गोल गर्दै उनले विश्वकप इतिहासमा लगातार सात खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका हुन्।
अमेरिकाको टेक्सासस्थित डालासमा भएको खेलमा दोस्रो हाफमा मैदान प्रवेश गरेका ३९ वर्षीय मेसीले ८०औं मिनेटमा फ्रिकिकमार्फत आकर्षक गोल गरेका थिए। उनको यो गोलसँगै अर्जेन्टिनाले ३–१ को जित निकालेको थियो र समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ।
Read full story at source (annapurnapost.com)