त्यो एक मिनेट : भन्सार अधिकृत करवीर जोगिए, सहकर्मी बाढीमा बगे
onlinekhabar.com · Thu Aug 27 13:56:39 GMT 2026

११ भदौ, काठमाडौं । बुधबार बिहान करिब पौने ९ बजेको समय । मौसम सफा थियो । आकाश खुलेको थियो । चीनतर्फ पनि मौसम सामान्य रहेको खबर थियो । रसुवा भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत करवीर गैह्रे आफ्नो टेबलमा बसेर नियमित काम गरिरहेका थिए ।
केहीबेर अघिसम्म सबै कुरा सामान्य थियो । कम्प्युटर अगाडि थियो, टेबलमा अघिल्लो दिन बाँकी रहेको गर्नुपर्ने काम थियो । अचानक टेबल र कम्प्युटर हल्लिए । गैह्रेलाई भूकम्प आएको जस्तो लाग्यो ।
Read full story at source (onlinekhabar.com)