गाजा युद्धविराम कार्यान्वयनबारे हमास र प्यालेस्टिनी पक्षबीच काइरोमा वार्ता
barnanmedia.com · Sun Jun 07 21:15:01 GMT 2026

हमासले शनिबार इजिप्टको राजधानी काइरोमा प्यालेस्टिनी विभिन्न पक्ष तथा मध्यस्थकर्ताहरूसँग गाजा युद्धविराम सम्झौताको कार्यान्वयन र गाजा क्षेत्रको भावी व्यवस्थापनबारे औपचारिक छलफल सुरु गरेको जनाएको छ ।
हमासका प्रवक्ताले सञ्चारकर्मीहरूसँग कुरा गर्दै बैठकको मुख्य उद्देश्य युद्धविराम सम्झौताको पहिलो चरणमा भएका सहमतिहरूलाई पूर्ण रूपमा कार्यान्वयन गर्नु रहेको बताउनुभयो । उहाँका अनुसार यसमा सैन्य गतिविधि तथा तनावको अन्त्य, लक्षित आक्रमण रोक्ने, सीमा नाकाहरू सञ्चालनमा ल्याउने तथा राष्ट्रिय समितिलाई गाजामा प्रवेशको अनुमति दिने विषयहरू समावेश छन् ।
Read full story at source (barnanmedia.com)