साहित्यकार शाहीको ‘आमा र आँसु’ कथासङ्ग्रह लोकार्पण
ratopati.com · Sat Aug 01 19:41:32 GMT 2026

कर्णाली । साहित्यकार वसन्ती शाहीद्वारा लिखित कथासङ्ग्रह ‘आमा र आँसु’ तथा कविता सङ्ग्रह ‘यादका थुङ्गाहरू’ लोकार्पण गरिएको छ ।
फ्युचर नेपालद्वारा शनिबार सुर्खेत वीरन्द्रनगरमा आयोजित लोकार्पण समारोहमा कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कथा तथा कविता सङ्ग्रह लोकार्पण गरेका हुन् । लोकार्पण समारोहमा प्रदेश प्रमुख जोशीले कर्णालीको दुवै कृतिले कर्णालीको यथार्थ चित्रण गरेको बताए । मूलतः कर्णाली र सुदूरपश्चिम दुवै प्रदेशका महिलाहरूको वास्तविक पीडा, वेदना र भोगाइलाई यथार्थवादी तवरले कृतिमा उल्लेख गरिएको उनले उल्लेख गरे ।
Read full story at source (ratopati.com)