मेची राजमार्ग : राजदुवालीको पहिरो जोखिम यो वर्ष पनि उस्तै
khabarhub.com · Mon Jun 29 07:12:32 GMT 2026

मेची राजमार्गको झापा–इलाम खण्डको राजदुवाली पहिरो यो राजमार्गकै सबैभन्दा जोखिमपूर्ण क्षेत्र हो । पूर्वी नेपालको लाइफलाइन मानिने झापाको चारआलीदेखि ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारसम्म (२६८ किमी) सडकमध्ये यात्रामा सबैभन्दा सास्तीको सामना गर्नुपर्ने क्षेत्र राजदुवाली हो । गत असोज १८ गतेदेखि लगातार तीन दिन परेको वर्षापछि झन्डै एक महिना उक्त राजमार्ग अवरुद्ध बन्यो । इलाम नगरपालिका–९ राजदुवालीमा वर्षौँदेखि दोहोरिँदै आएको पहिरोले सडक अवरुद्ध हुँदै आएको छ । पहिरोभन्दा पनि यो क्षेत्रको भौगोलिक अवस्था नै यहाँको मुख्य समस्या हो । सडक हरेक वर्ष भासिने र जोखिमपूर्ण हुने गर्छ । बिहान ठिकठाक भएको सडक साँझ भासिएको हुन्छ भने साँझ ठिकठाक भएको सडक बिहान कहाँ थियो भनेर खोज्नुपर्ने अवस्था हुन्छ ।
Read full story at source (khabarhub.com)