श्रमदानबाट सडक सुरक्षित बनाउन जुटे स्थानीय
ratopati.com · Sat Aug 01 23:06:59 GMT 2026

झापा । झापाको राजगढ बजारदेखि घोडामारा बजारसम्म सडक किनारमा फैलिएको झाडीका कारण दुर्घटनाको जोखिम बढेपछि स्थानीय युवा आफैँ श्रमदान गर्न जुटेका छन् । सम्बन्धित निकायलाई पटकपटक जानकारी गराउँदा पनि व्यवस्थापन नभएपछि उनीहरूले सडक किनारका झाडी र बुट्यान हटाएर शनिबारबाट सडकलाई सुरक्षित बनाउने अभियान सञ्चालन गरेका हुन् ।
राजगढदेखि घोडामारा बजारसम्म सञ्चालन गरिएको श्रमदान अभियानमा स्थानीय बासिन्दा, व्यापारी, शिक्षक, विद्यार्थी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न सामाजिक सङ्घसंस्थाका प्रतिनिधि तथा जनप्रतिनिधिको सहभागिता थियो । अभियानअन्तर्गत सडक किनारमा फैलिएका झाडी, बुट्यान र अनावश्यक घाँस हटाएर सडकलाई सफा र व्यवस्थित बनाइएको छ ।
Read full story at source (ratopati.com)