कुवेतमा मिसाइल आक्रमणमा परी ज्यान गुमाएका सोमकुमारको शव नेपाल ल्याइयो (तस्बिरहरू)
ratopati.com · Sat Aug 01 23:21:49 GMT 2026

काठमाडौँ । कुवेतमा भएको मिसाइल आक्रमणमा परी ज्यान गुमाएका ४४ वर्षीय नेपाली कामदार सोमकुमार तामाङको पार्थिव शरीर आइतबार बिहान नेपाल आइपुगेको छ । तेह्रथुम जिल्ला निवासी तामाङको शव मध्यरातमा कुवेत एयरवेजको उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।
सन् २०२२ देखि खाडी राष्ट्र कुवेतमा चालकका रूपमा कार्यरत तामाङको गत बिहीबार उत्तरी कुवेतमा रहेको एक चिनियाँ कम्पनीको भवनमा इरानी मिसाइल बज्रिँदा मृत्यु भएको थियो । पश्चिम एसियामा चर्किएको द्वन्द्वमा ज्यान गुमाउने उनी दोस्रो नेपाली कामदार हुन् ।
Read full story at source (ratopati.com)