डिजिटल उपभोगको लत, उत्पादनको खडेरी
nepalnews.com · Sun Aug 02 00:15:04 GMT 2026

नेपालमा गत आर्थिक वर्ष मात्रै झन्डै ४९ अर्ब रुपैयाँ बराबरका २२ लाखभन्दा बढी स्मार्टफोन विदेशबाट भित्रिए। ती हरेक दिन मनोरञ्जन, सामाजिक सञ्जाल र अन्य डिजिटल सेवाको उपभोगमा प्रयोग भइरहेका छन्। डेटा सकिनेबित्तिकै फेरि रिचार्ज गरिन्छ। अनलाइन किनमेल पनि त्यत्तिकै तीव्र गतिमा बढिरहेको छ।
अर्कातिर, एउटा सफ्टवेयर कम्पनी अमेरिकी ग्राहकबाट परियोजनाको भुक्तानी नेपाल भित्र्याउन महिनौँदेखि बैंक धाइरहेको हुन्छ। फाराम भरिन्छ, कागजात बुझाइन्छ तर स्वीकृति आउँदासम्म परियोजनाको म्याद सकिइसकेको हुन्छ। यस्तो नियति कुनै एक कम्पनीको मात्र होइन। विदेशी मुद्रा भित्र्याउने प्रक्रियाको झन्झट साना नेपाली सूचना प्रविधि निर्यातकर्ता र ‘फ्रिलान्सर’ हरूको साझा अनुभव बनिसकेको छ।
Read full story at source (nepalnews.com)