सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, १४०० किलोमिटर सडक बनायो
lokaantar.com

नेपाली सेनाले जटिल भूबनोट भएका ३२ सडक आयोजनाका सम्पन्न गरी एक हजार ४११.५४ किलोमिटर सडक निर्माण गरेको छ । सेनाको व्यवस्थापनमा हालसम्म कान्ति लोकमार्ग, कर्णाली राजमार्ग, जाजरकोट–डोल्पा, बेँसीसहर–चामे, कालीगण्डकी करिडोर, कर्णाली करिडोरलगायत आयोजना सम्पन्न भइसकेका छन् ।
सरकारले दुर्गम स्थानलाई सडक सञ्जालसँग जोड्ने क्रममा कठिन भौगोलिक बनावट, कडा चट्टानयुक्त भिर तथा निर्माण गर्न कठिन मानिएका सडकखण्डको जिम्मा सेनालाई प्रदान गर्दै आएको छ । सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेत सीमित स्रोतसाधन, प्रतिकूल मौसम तथा जटिल भूबनावटको बाबजुद सेनाले यस्ता राष्ट्रिय गौरव तथा प्राथमिकताका सडक आयोजना सफलतापूर्वक कार्यान्वयन गर्नुका साथै वार्षिक ‘माइलस्टोन’ शतप्रतिशत पूरा गर्दै राष्ट्र निर्माणमा उल्लेखनीय योगदान पुर्याइरहेको बताउँछन् ।
Read full story at source (lokaantar.com)