कति पुग्यो डलरको मूल्य ? यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
rajdhanidaily.com · Sun Aug 02 00:30:00 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९२ पैसा र युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९५ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ८९ पैसा र बिक्रीदर २०५ रुपैयाँ ६९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८९ रुपैयाँ २० पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ १६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ११ पैसा, सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११९ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ ।
Read full story at source (rajdhanidaily.com)